आयोजनाको ऋण तिर्न हकप्रद निष्काशन गर्ने युनियन हाइड्रोको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 11:00:07 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रो Union Hydropower  ले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १३ र १४ औ साधारणसभा आह्वान गर्दै हकप्रद निष्काशन सहितका विभिन्न प्रस्ताव साधारणसभामा लैजाने प्रस्ताव गरेको हो । 

कम्पनीले आफुले प्रबर्दित गरेको ३ मेगावाटको मिदिम खोला करापू जलविद्युत आयोजनाको ऋण तिर्नको लागि र अन्य आयोजना अध्ययन तथा विकासको लागि रकम जुटाउन हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । त्यस्तै कम्पनीले आफुले अनुमति प्राप्त गरेका आयोजनाहरुको छुट्टै कम्पनी खोलि आयोजनाको अनुमतिपत्र  हस्तान्तरण गर्ने, लगानीकर्ता खोज्ने, वित्तीय लगानी सम्झौता गर्ने लगायतका कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गर्ने छ । त्यसै सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र थप संशोधन गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ । 

 कम्पनीले असार २५ गते आर्थिक वर्ष ७५/७६ र ७६/७७ को वार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीले एक साथ १३ औ र १४ औ साधारणसभा आह्वान गरेको हो ।  सभामा संचालकहरुको निर्वाचन गरि नयाँ संचालक समिति गठन गर्ने कार्यसूची रहेको पनि कम्पनीले जनाएको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असार १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved