विज्ञप्तिले विवादमा तानिएपछि धितोपत्र बोर्डमा आकष्मिक फुल बोर्ड बैठक, के भयो निर्णय ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 15, 2021 | 10:31:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बिज्ञप्ती विवादमा तानिएपछि सेयरबजारको नियामक नेपाल धितोपत्र बोर्डको फुल बोर्ड बैठक बसेको छ। बिभिन्न आधारमा प्रारम्भिक अध्ययन गरि बृस्तृत अध्ययन गर्न लागेको बिज्ञप्तीमा जोखिमयुक्त ५१ कम्पनी भन्ने संदेश गएपछि आज भर्चुअल मार्फत धितोपत्रको फुल बोर्ड बैठक बसेको हो। 

बिभिन्न आधारमा ५१ वटा कम्पनीहरुको प्रारम्भिक अध्ययन गरी विस्तृत अध्ययन गर्न लागेको कुरा विज्ञप्ति मार्फ़त जानकारी दिन खोज्दा बजारमा त्यसको बुझाई फरक परेको बोर्डका प्रवक्ता निरज गिरिले बिजपाटीलाई बताए। 

आफुहरुले बिभिन्न आधारमा यी कम्पनी छनौट गरेको र त्यसको आधारमा लगानीकर्तालाई जानकारी दिन खोजेको बताउदै वरिष्ठ कार्यकारी निर्देशक समेत रहेका गिरिले बताए। 

"सुचिकृत कम्पनीहरु मध्ये पछिल्लो ६ महिनामा सेयर मुल्य ३०० प्रतिशत भन्दा बढीले बढेका र फण्ड़ामेन्टलका बिभिन्न आधार भन्दा फरक बाटोमा हिडेका कम्पनीको अध्ययन गरि त्यस्ता कम्पनीको उदाहरण मात्र दिन खोजेको हो" प्रवक्ता गिरिले भने, "तर बिज्ञप्तीमा हाल जोखिमयुक्त देखिएका  ५१ कम्पनी छनौट गरि बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको भन्ने शब्दले अर्को अर्थ लागेकाले बुझाई गलत हुन पुगेको हो। "

सेयरबजारको नियामक भएको नाताले लगानीकर्तामा धेरै जोखिम नबढोस भनेर पवित्र उदेश्यले अध्ययन गरि अध्ययनमा पत्ता लागेका कुराहरु सर्वसाधारणलाई जानकारी दिन खोज्दा बुझाई गलत पर्न गएको उनको भनाई छ। 

बिज्ञप्तीले विवाद बढ्न सक्ने देखेर नै लगत्तै आज बोर्ड बैठक बसेको जानकारी दिंदै उनले भने, "आजको बोर्ड बैठकमा बिज्ञप्तीको बिषयलाई लिएर दुईवटा धार देखिएको छ, बुझाई गलत पर्न गएकोमा धितोपत्र बोर्डले तत्कालै यसबारे स्पष्ट पार्नुपर्ने एउटा धारको सुझाब रहेको थियो भने बजारको प्रतिकृया हेरेर त्यसको आधारमा बोर्डले अर्को कदम चाल्नुपर्ने अर्को धारको सुझाव थियो। "

आफुहरुले ५१ वटा कम्पनीमा लगानी जोखिमपूर्ण छ र सुचिकृत अरु संस्थामा लगानी सुरक्षित छ भन्न नखोजेको प्रवक्ता गिरिले स्पष्ट पारे।  बिभिन्न कुरालाई अधार मान्दा यी कम्पनीहरु छनौट गरिएको र त्यहि अनुसार अध्ययन गर्दा यस्तो यस्तो 'नतिजा' आएको भन्दै उक्त नतिजा सर्वसाधारणलाई जानकारी मात्र दिईएको गिरिले बताए।  

धितोपत्र बोर्डले आज एक बिज्ञप्ती जारि गरि बिभिन्न आधार तय गरि ५१ कम्पनीको प्रारम्भिक अध्ययन गरिएको र भविष्यमा पनि अध्ययनलाई निरन्तरता दिने भन्दै यी कम्पनीको अवस्था सार्वजनिक गरेको छ। तर बिज्ञप्तीमा उल्लेख "हाल जोखिमयुक्त देखिएका  ५१ कम्पनी छनौट गरि बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको" भन्ने शब्दले लगानीकर्तामा बोर्डले अध्ययन गरि ५१ वटा खराब कम्पनीको सुची निकालेको बुझाई रहेको छ।  

फाइल फोटो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved