धितोपत्र बोर्डको विज्ञप्तिको प्रभाव : प्रि ओपन मै ३२ अंकले घट्यो सूचक, ७६ कम्पनीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 10:55:42 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबारको शेयर कारोबारको प्रि ओपन सेसनमा ७६ कम्पनीको शेयर मूल्य घटेको छ ।  प्रि ओपन सेसनमा कारोबार आएका मध्ये १८ कम्पनीक  शेयर मूल्य बढेको छ भने २३ कम्पनीको मूल्य स्थिर रहेको छ । प्रि ओपनमा नेप्से सूचक ३२.५६ अंकले घटेको छ । 

बजार घट्नुलाई धितोपत्र बोर्डको विज्ञप्तिको प्रभावको रुपमा लिइएको छ । बोर्डले मंगलबार विभिन्न ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको जनाएको थियो । धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको र ति संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिब लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको बोर्डले जनाएको छ ।

विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात PE Ratio १०० र सोभन्दा बढी भएका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी बोर्डले प्रारम्भिक अध्ययन गरिएको जनाएको छ।

बोर्डबाट गरिएको उक्त प्रारम्भिक अध्ययनबाट सम्बन्धित संगठित संस्थाको सम्बन्धमा लगानीकर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानी सम्बन्धी निर्णय गर्न उचित हुने देखिएकोले हाललाई त्यस्ता जोखिमयुक्त कम्पनीहरुको परिसूचक÷विवरण लगानीकर्ताहरुको जानकारीका लागि सार्वजनिक गरिएको बोर्डले उल्लेख गरेको छ ।

बोर्डले भनेको छ 'धितोपत्र बजार जोखिम मुक्त नरहेको हुँदा यस बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिमको आकलन गरेरमात्र लगानी गर्नु पर्दछ । बजारको सर्वमान्य सिद्धान्त अनुसार धितोपत्र बजार संधै बढी रहने मात्र नभई समय क्रममा घटबढ भइ रहने बजार हो । यस बजारमा हल्ला वा लहलहैमा लागेर लगानी गर्नु अत्यन्त जोखिमयुक्त हुन्छ । कुनै पनि धितोपत्रमा लगानी गर्नुपूर्व उक्त कम्पनीको वित्तीय अवस्था र विविध परिसूचक बारे बढी भन्दा बढी जानकारी प्राप्त गरी आप्mनो जोखिम बहन गर्न सक्ने क्षमता मूल्याँकन गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ ।'

लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय गर्न सहयोग पुगोस भन्ने आशयले प्रकाशित विवरणलाई समेत दृष्टिगत गरी लगानी सम्बन्धी निर्णय लिन बोर्डले अनुरोध गरेको छ ।  बोर्डले जोखिम वहन क्षमतालाई दृष्टिगत गरी वित्तीय परिसूचक मूल्याँकन गरी सुझबुझ पूर्वक लगानी सम्बन्धी निर्णय लिन बोर्डले अनुरोध गरेको छ । 

हेर्नुस बोर्डले सार्वजनिक गरेको जोखिमयुक्त कम्पनीको सुची : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved