शिखर इन्स्योरेन्सको १५ लाख ८२ हजार कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 02:11:42 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स Shikhar Insurance Company  ले संस्थापक र साधारण  शेयर संरचना अनुपात ५१:४९ कायम गरेको छ । कम्पनीले १५ लाख ८२ हजार ६ सय ७१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेपछि संस्थापक र साधारण  शेयर संरचना अनुपात ५१:४९ कायम भएको छ ।

यस अघि कम्पनीमा संस्थापक शेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई घटाएर ५१ प्रतिशत कायम गरिएको हो। 

हकप्रद निष्काशन तयारी 

कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा  आवेदन दिएको छ  ।  कम्पनीले जेठ २५ गते बोर्डमा आवेदन दिएको हो  ।  कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो  ।  बोर्डबाट अनुमति पाएपछि कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने  छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved