
साताको चौथो कारोबार दिन आज बुधबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ५२.४१ अंकले घटेर २९६९.६९ को बिन्दुमा पुगेको हो ।
आज १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।
आज सीइडिबी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज माइक्रोफाइनान्स समुह बाहेक सबैको समूहगत सुचक घटेकोे छ । आज फाइनान्स समूहको सूचक सर्वाधिक बढी ६.८ प्रतिशत घटेको छ भने हाइड्रोपावर समूहको ४.७५ प्रतिशतले घटेको छ ।
आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि ६० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमालय डिस्टिलरी को ५५ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।