कर्पोरेट डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 09:42:34 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्पोरेट डेभलपमेन्ट बैंक Corporate Development Bank Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २५ गते शुक्रबार पर्सा स्थिति आफ्नै केन्द्रिय कार्यालयमा साधारणसभा आह्वान गरेको हो 

साधारणसभामा आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने निर्णय गर्ने तथा त्यस सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, कार्य क्षेत्र संशोधन गर्ने, र प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छन् । 

कम्पनीले हालको आफ्नो कार्य क्षेत्रबाट बारा, रौतहट, सर्लाही र मोहोत्तरी थप गर्ने र हाल कायम कार्य क्षेत्र मध्येबाट अर्को प्रदेशमा परेका जिल्लाहरु (मकवानपुर र काभ्रे) लाई कार्यक्षेत्रबाट हटाउने प्रस्ताव पेश हुने छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

 कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन  सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved