३ लघुवित्त र १ बीमा कम्पनीको ५ लाख कित्ता बढी शेयर बिक्रि गर्दै एनआईसी एसिया बैंक

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jun 20, 2021 | 09:44:32 AM मा प्रकाशित

laxmi bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले एक साथ ४ वटा कम्पनीको शेयर बिक्रि गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको १ इन्स्योरेन्स कम्पनी र ३ वटा लघुवित्तको गरि ४ वटा कम्पनीको गरि कुल ५ लाख ४२ हजार १ सय २९ कित्ता  शेयर लिलाम गर्नको लागि सूचना निकालेको हो 

बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स, महुली लघुवित्त, आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलाम गर्न लागेको हो । 

बैंकले नेशनल लाइफको ४० हजार ६ सय ९६ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो । बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ४ सय ४४ रुपैयाँ तोकेको छ । यी शेयरमा आज असार ६ गतेदेखि असार ११ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । 

त्यस्तै बैंकले महुली लघुवित्तको ५५ हजार ५ सय ७० कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो । बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ७ सय ६८ रुपैयाँ तोकेको छ । यी शेयरमा आज असार ६ गतेदेखि असार ११ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । 

त्यस्तै बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ८६ हजार १ सय ९५ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो । बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ४ सय ७७ रुपैयाँ तोकेको छ । यी शेयरमा आज असार ६ गतेदेखि असार ११ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । 

त्यस्तै बैंकले मेरो माइक्रोफाइनान्सको ५९ हजार ६ सय ६८ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो । बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ५ सय ७५ रुपैयाँ तोकेको छ । यी शेयरमा आज असार ६ गतेदेखि असार ११ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ ।

सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

 हाल कायम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् । बीमा कम्पनीको शेयर खरिदको लागि आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  बीमा समितिले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। त्यस्तै लघुवित्तको शेयर खरिदको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved