के कारणले ६३ अंकले घट्यो शेयरबजार ? यसो भन्छन् अम्बिका पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 03:17:59 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो कारोबार दिन आज आईतबार शेयर बजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक ६३.२८ अंकले घटेर २९०५.१४ को बिन्दुमा पुगेको हो । आज सबै सुचक घटेर राताम्य भएको छ । 

बजार घट्नुको कारणबारे विभिन्न विश्लेषण भईरहेको छ  । तर लगानीकर्ता अम्बिका पौडेल भने बजार घट्नुको कारण नै नरहेको बताउछन् । बजार कहिल्यै पनि सिधा रेखामा नचल्ने र आफ्नो लयमा चल्दा केहि घटबढ हुनु स्वभाविक रहेको उनको भनाई छ । 

एउटा उच्च बिन्दुमा पुगेपछि आज केहि करेक्सन आएको र बजार अन्त्य हुनु भन्दा १० मिनेट अगाडीबाट बजार फेरी बढ्न थालिसकेकोले यो करेक्सन रहेको र फेरी बढ्ने बाटोतर्फ जाने उनी बताउछन् । उनी भन्छन् 'आज घट्यो, आजै घटेर माथि फर्की सक्यो, केहि कारण नै छैन'। सुरुमा घट्दा केहि भएछ कि भनेर लगानीकर्ताले प्यानिक सेल गर्दा बजार घटेको र पछि केहि भएकै रहनछ भन्ने मनोविज्ञानले काम गरेकोले फेरी बढ्न थालेको उनी बताउछन् ।  

यो स्वाभाविक करेक्सन भएको र अहिले बजार फर्कने बेला नभएकोले नआत्तिन उनले आग्रह गरेका छन् । घटबढ हुनुनै पुँजीबजारको सुन्दरता भएकोले यसलाई अन्यथा लिन नहुने र घट्दो बजारको फाइदा उठाउन यसलाई सदुपयोग गर्नु पर्ने उनी बताउछन् । 

आज बजारमा ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५ सय ११ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।   आज हाईड्रोपावर समूहको सूचक सर्वाधिक बढी ३.३८ प्रतिशत घटेको छ भने फाईनान्स समूहको ३.३३ प्रतिशतले घटेको छ । आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि ८० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल ईन्योरेन्स कम्पनीको ४३ करोड ०२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज कारोबारमा आएका ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ । आज युनियन हाइड्रोका लगानीकर्ताले सर्बाधिक ९.८१ प्रतिशत गुमाएका छन् भने गुर्खाज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.४१ प्रतिशत कमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved