नारायणी डेभलपमेन्ट बैंकले माग्यो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 05:55:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंक Narayani Development Bank  ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले असार ४ गते बोर्डमा आवेदन दिएको हो । 

बैंकले १:१ को अनुपातमा अर्थात् शत प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । 

गत माघ १६ गते सम्पन्न बार्षिक साधारणसभा मार्फत बैंकले १ बराबर २ कित्ता सेयरका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले  १ बराबर १ कित्ताको दरले मात्रै हकप्रद निष्काशनको अनुमति दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved