धितोपत्र बोर्डका कारण बजारमा ठूलो करेक्सन आयो : छोटेलाल रौनियार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 06:15:22 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से सूचकमा  भारी अंकले करेक्सन भएको छ । आज नेप्से सूचक ६३.२८ अंकले घटेर २९०५.१४ को बिन्दुमा पुगेको हो । आज ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समुहको समुहगत सूचक घटेर राताम्य भएको छ ।

नेपाल ईन्भेष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा लगानी गर्नु जोखिमयुक्त भनी जारी गरेको विज्ञप्तिका कारण सेयर बजारमा तहल्का मच्चिरहेको र यस विज्ञप्ति बारे सबैले असहमति जनाइरहेका कारण लगानीकर्ताहरु त्रसित भई बजारमा करेक्सन आएको बताए । बोर्डले विज्ञप्ति जारी गरेको समय देखि नै कारोबार रकम घट्दै, बजार करेक्सन हुँदै आएकोले यसको प्रमुख कारण नै ५१ कम्पनी भनेर कम्पनीको नाम तोक्दै बोर्डले चालेको कदम भएको अध्यक्ष रौनियारको भनाइ छ । 

विज्ञप्तिकै कारण लगानीकर्ताले बजारमा लगानी गर्न राखेको रकम समेत जोखिम हुने डरले लगानी नगरेका कारण बजार घटेको हो । उनले भने ‘धितोपत्र बोर्डले विज्ञप्ति जारी गरे देखि नै बजारमा तहल्लका मच्चिदै आएको हो । त्यस अघि १५ अर्ब देखि २० अर्ब सम्मको कारोबार भई राखेको थियो । सूचक ३ हजारको हाराकारीमै रहेको थियो । एकदमै राम्रो बजार थियो । जब विज्ञप्ति आयो त्यसले लगानीकर्ताहरुको मानसीकतामा नकारात्मक प्रभाव पार्यो, लगानी जोखिम हुने नै हो कि भनेर लगानीकर्ता डराए । अनि त बजार घट्ने नै भयो ।’ अध्यक्ष रौनियारको भनाइ छ । 

भारत, जापान, अमेरिका लगायत अन्य देशमा पनि पुँजीबजार बढिरहेको बताउँदै अध्यक्ष रौनियारले नेपालमा चाँही बजार बढ्न नहुने तथा ३ हजार सूचक पुग्न नहुँने भन्ने मान्यता यदि भए त्यो गलत भएको बताए । बजारको माग र पूर्ति अनुसार गटबढ हुने भन्दै लगानीकर्ताको आकर्षण बढेको बजारमा बोर्डले सकारात्मक रुपमा लिएर आफ्नो काम कर्तव्य पूरा गर्नुपर्ने धारणा व्यक्त गरे । बोर्डले बजारमा हुने चलखेल तथा स्वार्थका कारण गरिने जालझेल बारे गहन रुपले हेरेर त्यस्तालाई कारवाही गर्नुपर्ने बताउँदै त्यसमा आफूहरुले विरोध नगरेको तर विज्ञप्ति मार्फत कम्पनी तोकेर जोखिमयुक्त हुन् भन्नु गलत भएको उनको भनाइ छ । 

 लगानीकर्ता गणेश शर्मा नयाँ तथा सेयर बजारबारे अनविज्ञ लगानीकर्ताहरुलाई उक्साएर जुनसुकै कम्पनीमा लगानी गर्न सामाजीक सञ्जाल मार्फत प्राेत्साहन गरेर गलत प्रचार गर्नुको नतिजा अहिले बजारमा आएको बताउँछन् । अब बजारमा मस्तको बुल आउँने उनले बताए । 

आज बजार ठूलो अंकमा घटेको कारण भोलि फेरी एकचोटि डिप्रेश बुल हुने बताउँदै त्यस समयमा नन् फण्डामेन्टल उठाउँछ त्यो फस्ने उनले बताए । त्यस समयमा नन् फन्डामेन्टल स्टक भए बेच्न समेत उनले आग्रह गरे ।

उनी भन्छन् ‘अझैपनि नन् फन्डामेन्टल स्टक हरियो भएको बेलामा  कसैले हरियो भयो भन्दै तिनै स्टक किन्छ भने त्यहाँ ठूलो धोका हुन्छ । यदि पहिलै उठाइसकेको छ र नाफा मै छ भने ती शेयर अझै बेच्दा हुन्छ । त्यो बेचेर राम्रा कम्पनीमा सर्दा राम्रो हुन्छ । बजारमा बुल सकिएको छैन ।’  

बजार यतिकाे अंकमा घट्नु सामान्य नभएकोले नन् फन्डामेन्टल स्टकमा अल्झिनेहरु अझै फस्ने भन्दै बैकिङ् क्षेत्रमा सरेर सुरक्षित हुन सके पछि सम्म राम्रो हुन सक्ने धारणा उनले व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved