नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 08:51:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust को लाभांश सुरक्षित गर्ने आज असार ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

 कम्पनीले असार १८ गते शुक्रबार आर्थिक वर्ष ७६/७७ को साधारणसभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशतले हुन् आउने २७ करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ८.८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १ सय ५ रुपैयाँ २६ पैसा बराबरको नगद गरि कुल १७.८९४७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

त्यस्तै सभामा  अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन र अन्य वित्तीय प्रतिवेदन छलफल गरि पारित गर्ने, र साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने प्रस्ताव पेश हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved