नेप्सेमा ७१ अंकको गिरावट, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा भने सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 03:21:05 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से सूचक उच्च अंकले घटेको छ । आज नेप्से सूचक ७१.६ अंकले घटेर २८३४.४० को बिन्दुमा पुगेको हो । 

आज ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६ सय ७४ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४ सय ९१ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।   

आज नारायणी डेभलपमेन्ट बैंक, र कुमारी बैंकको प्रमोटर सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै समूहको समूहगत सुचक घटेको छ । फाईनान्स समूहको सूचक सर्वाधिक बढी ५.१८ प्रतिशत घटेको छ भने हाईड्रोपावर समूहको ५.२ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि १ अर्ब ३० करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एचआइडिसीएल को ३१ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज पोखरा फाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.२६ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved