' कहिलेकाही शेयर बजार निर्दयी हुन्छ तर सहनु पर्छ, फेरि बढ्छ तर धैर्य गर्नुपर्छ' : अम्बिका पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 04:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ता अम्बिका पौडेलले शेयर बजार बढ्ने आधारहरु कायम नै रहेकोले नआत्तिन र धैर्य गर्न लगानीकर्तालाई आग्रह गरेका हुन् । बजार बुलिस ट्रेन्डबाट फर्केको नभई स्वभाविक करेक्सन भएको र बजार फेरि बढेर नयाँ उचाईमा जाने उनको भनाई छ । 

बजार क्लाइमेक्समा पुगेर फर्केको नभई करेक्सन मात्र भएकोले धैर्य गर्न उनले आग्रह गरेका हुन् । बुलिस ट्रेन्ड सुरु भएको बल्ल २ वर्ष भएकोले बुलिस ट्रेन्ड अझै बाँकि रहेको र बजार बढ्न बाँकि नै रहेको उनको भनाई छ । 

बजारको नेचर नै घटबढ हुने भएकोले कहिलेकाही बजार निर्दयी हुने र त्यसलाई सहनु पर्ने उनको भनाई छ । उनी भन्छन् 'बजार घट्दा मैले पनि धेरै गुमाएको छु, बजार कहिलेकाही निर्दयी हुन्छ, सहनु पर्छ, बजार बढ्छ नै , आत्तिनु हुदैन' । आफुले बजारमा २६ वर्षको समय व्यतित गरेको र यस अन्तरालमा यस्ता थुप्रै झड्का आएको र फेरी नयाँ उचाईमा पुग्ने गरेको देखेकोले धैर्य गर्नु पर्ने उनको भनाई छ । 

यदि आफुले खरिद गरेको कम्पनीको आधारभुत पक्ष राम्रो छ, कम्पनीमा ग्रोथको सम्भावना बढी छ, कम्पनीको अवस्था बुझेर लगानी गरेको छ भने ति कम्पनीको मूल्य अवश्य बढ्ने भएको विचलित नहुन उनी आग्रह गर्छन । तर यदि अरुको लहलहैमा लागेर लगानी गरिएको छ, ट्रेन्ड मात्र हेरेर लगानी गरेको छ भने पक्कै पीडा हुने उनी बताउछन् । आफुले अध्ययन गरेर , बुझेर र डाटाको अध्ययन गरेर मात्र लगानी गर्नु पर्ने र अह्रुको लहैलहैमा लगानी गर्न नहुने उनको भनाई छ । 

उदाहरण दिदै उनी भन्छन् ' यदि नदी तर्दा आफ्नो खुट्टो दरो बनाएर तर्न थालियो भने नदी सहजै तर्न सकिन्छ, तर अर्कैको काँधमा चढेर नदी तर्न थालियो भने के हुन्छ भन्न सकिदैन, त्यस्तै गरि आफुले नै अध्ययन गरेको आधारभुत पक्ष बुझेर लगानी गरेको छ भने धैर्य गर्नु पर्छ, विश्वास गर्नु पर्छ, हतोत्साहित हुनु हुदैन, बजारमा करेक्सन आउनु एउटा प्रक्रिया हो, यो स्वाभाविक प्रक्रिया हो, बजार फेरी बढ्छ, मिसन लिएर हिडेको मान्छे यस्ता झड्कामा आत्तिनु हुदैन'। 

यस्तो अवस्थामा योजना बनाएर, अध्ययन गरेर, राम्रो सम्भावना बोकेका कम्पनीमा लगानी बढाउने सके राम्रो हुने उनी बताउछन् । यो बजारबाट नै निस्कने बेला नभई राम्रा कम्पनी छानेर खरिद गर्ने अवसर भएको उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved