
नेरुडे लघुवित्त Nerude Laghubitta Bittiya Sanstha को शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ । २०७८ साउन १ गतेदेखि लागु हुने गरि कम्पनीले आरविवि मर्चेन्ट बैकिङ्गलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
असार ६ गते शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ । सम्झौतपत्रमा नेरुडे लघुवित्तकोे तर्फबाट प्रबन्ध संचालक सुधिर श्रेष्ठ र आरविवि मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
यस संगै कम्पनीको शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य आरविवि मर्चेन्ट बैकिङ्गले गर्ने छ ।
आरविवि मर्चेन्ट बैकिङ्ग लि. राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर लिमिटेड हो ।