७९ अंकले बढ्यो नेप्से, ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 03:32:01 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से सूचक उच्च अंकले बढेको छ । आज नेप्से सूचक ७९.४४ अंकले बढेर २९१३.८४ को बिन्दुमा पुगेको हो । 

आज १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।   

आज अपि पावर कम्पनी, बरुण हाइड्रोपावर लगायत ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै समूहको समूहगत सुचक बढेर हरियाली भएको छ । विकास बैंकको समुहगत सूचक सर्वाधिक बढी ५.७७ प्रतिशत बढेको छ भने हाईड्रोपावर समुहको ५.४७ प्रतिशतले बढेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एचआइडिसीएलको ३२ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved