धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर अर्थमन्त्रीले सोधे, ‘बजारमा नकारात्मक हस्तक्षेप किन ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 04:17:53 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा गरेको लगानी लगानी जोखिमयुक्त रहेको भन्दै कम्पनीको नाम नै सार्वजनिक गरेपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बोर्डका अध्यक्षलाई अर्थमन्त्री भिष्मराज ढुंगानालाई बोलाएर आवश्यक निर्देशन दिएका छन् । बोर्डका अध्यक्ष ढुंगानालाई बोलाएर उपप्रधानमन्त्री पौडेलले सेयर बजारमा नकारात्मक हस्तक्षेप नगर्न निर्देशन दिएका हुन् ।

सेयर बजार संवेदनशील हुने र यसमा लगानीकर्ताहरु छिटो आत्तिने भएकाले त्यसमा ध्यान दिएर मात्रै आवश्यक कदम चाल्न उपप्रधानमन्त्रीले निर्देशन दिएको स्रोतले बतायो । 

अर्थमन्त्रीसँगको भेटमा बोर्डका अध्यक्ष ढुंगानाले ५१ कम्पनीको नाम नै तोकेर सूची प्रकाशन गर्नुपर्ने कारणबारे जानकारी गराएका थिए । दोस्रो बजारका कम्पनीको सुचकसहितको अध्ययन प्रतिवेदन पनि ल्याउने तयारी भईरहेको अध्यक्ष ढुंगानाको भनाई छ । 

उनले लगानीकर्ताको हितकै लागि आफूले कम्पनीहरुको सूची प्रकाशन गरेको दाबी गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved