
नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको लागि सुझाव दिन आग्रह गरेको छ । बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रमको लागि सल्लाह सुझाव आह्वान गरेको हो ।
बोर्डले सम्पूर्ण सरोकारवालालाई बजारको विकास, विस्तार,तथा सुधारको लागि सल्लाह तथा सुझाव दिन अनुरोध गरेको हो। बोर्डले असार २० गतेसम्म आफ्नो सुझाव [email protected] मा पठाउन आग्रह गरेको हो।