आदर्श लघुवित्तको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 09:58:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आदर्श लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले काभ्रेको बनेपा स्थित आफ्नै केन्द्रिय कार्यालयमा  साधारणसभा आह्वान गरेको हो 

सभामा  आईपिओ निष्काशन गर्ने प्रस्ताव हुने छ । कम्पनीले हालको जारीपुंजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्ने प्रस्ताव गरेको हो । त्यस्तै सभामा आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत अन्य लघुवित्तसंग गाभ्ने गाभिने निर्णय गर्ने तथा त्यस सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् 

कम्पनीको अधिकृत पुंजी ४ करोड, जारी पुंजी २ करोड र चुक्ता पुंजी १ करोड ४० लाख रहेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved