नेप्से सूचकमा ५३ अंककाे करेक्सन हुँदा सबै सूचक घटेर बजार राताम्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 03:22:21 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो कारोबार दिन आज बुधबार नेप्से सूचक उच्च अंकले घटेको छ । आज नेप्से सूचक ५३.८८ अंकले घटेर २८५९.९६ को बिन्दुमा पुगेको हो । 

आज ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।   

आज राधी विधुत कम्पनी र ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सबैभन्दा बढि कालीका पावर कम्पनीको सेयरमुल्य ५.६० प्रतिशतले घटेको छ ।

आज सबै समूहको समूहगत सुचक घटेर राताम्य भएको छ । विकास बैंकको समुहगत सूचक सर्वाधिक बढी ३.४९ प्रतिशत घटेको छ भने हाईड्रोपावर समुहको २.४७ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि ५४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल इन्योरेन्स कम्पनीको ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved