शेयरको मूल्य परिवर्तन सीमा १० पैसा कायम, प्रि ओपनमा कम्पनीको मूल्य २ प्रतिशत मात्र घटबढ हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 01:56:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अब प्रि ओपन सेसनमा शेयरको मूल्य २ प्रतिशत मात्र घट बढ हुन पाउने भएको छ । यस अघि प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुदै आएकोमा अब भने २ प्रतिशत मात्र घटबढ हुन पाउने भएको हो ।

नेपाल धितोपत्र बोर्ड मूल्य परिवर्तन सीमा २ प्रतिशत मात्र हुने गरी धितोपत्र कारोबार संचालन विनियमावली संशोधन गरेको छ । यो ब्यबस्थालाई यथाशीघ्र कार्यन्वयनमा ल्याउन नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । यस्तो ब्यबस्थाले प्रि ओपन सेसनमा हुने अस्वभाविक उतारचढाव ब्यबस्थित हुने बोर्डले उल्लेख गरेको छ । हाल १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसनको कारोबार हुने गरेको छ । 

त्यस्तै बोर्डले न्युनतम मुल्य परिवर्तन सीमालाई पनि १ रुपैयाँबाट घटाएर १० पैसा कायम गरेको छ । यसबाट लगानीकर्ताले प्रतिस्पर्धी मूल्यमा शेयर खरिद बिक्रि गर्न सकने बोर्डले जनाएको छ ।

यो ब्यबस्था लागु भएपछि लगानीकर्ताले पैसा समेत उल्लेख गरेर शेयर खरिद बिक्रि गर्न सक्ने छन् । जस्तै लगानीकर्ताले २०० रुपैयाँ १० पैसा, २०० रुपैयाँ २० पैसाको अर्डर हाल्न सक्ने छन् । यो ब्यबस्थालाई यथाशीघ्र कार्यन्वयनमा ल्याउन बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिएको छ। यो कहिलेदेखि लागु हुने भन्नेबारे नेप्सेले मिति तय गर्ने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved