नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट, तामाकोशीको शेयर मूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 03:33:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १६.९६ अंकले घटेर २८४३.०० को बिन्दुमा पुगेको हो । 

आज ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।   

आज अप्पर तामाकोशी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हाईड्रोपावर र होटेल र पर्यटन बाहेक सबै समूहको समूहगत सूचक घटेको छ । हाईड्रोपावर समूहको समूहगत सूचक सर्वाधिक बढी १.९७ प्रतिशत बढेको छ भने विकास बैंक समुहको १.६४ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि ३७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल इन्योरेन्स कम्पनीको ३५ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved