सर्बोत्तम सिमेन्टको लाभांश पारित, ६० लाख कित्ता आईपिओ आउंदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 06:46:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टको लाभांश पारित भएको छ । कम्पनीको विशेष साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.००६ गरि कुल २०.१२४ प्रतिशत लाभांश पारित गरेको हो । 

हाल कम्पनीको चुक्तापुंजी ३ अर्ब ४० करोड रहेको छ । पारित भएको (६५ करोड बराबरको बोनस ) वितरणपछि कम्पनीको चुक्ता पुंजी ४ अर्ब नाघ्ने छ ।

त्यस्तै सभाले कम्पनीको जारि तथा चुक्ता पुंजी मिलान गरि संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलान गर्ने , प्रबन्धकापत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र  नियमावलीमा थप संशोधन गर्नु पर्ने संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्न तयारी गरेको छ।  कम्पनीले सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधि बाट आईपिओ निष्काशन गर्न लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved