जीवन विकास आईपिओ रिभ्यु: आधा अर्बको नाफा लक्ष्य, वित्तीय सूचक महिला लघुवित्तभन्दा राम्रो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 10:00:55 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आईपिओ निष्काशन गर्दै छ । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो   

जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको छ    बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्    आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०० कित्ताको लागि दिन सकिने छ  । आईपिओमा असार १५ गतेसम्म आवेदन दिन सकिने छ । मेरो शेयर र अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ   

कम्पनी परिचय 

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड २०६९÷०४÷२६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷११÷०३ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी मिति २०७५÷११÷१६ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेड, धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लिमिटेड, राजविराज बीचमा मर्जर कार्य सम्पन्न भई मिति २०७७÷०५÷२२ गतेदेखि एकीकृत कारोबार प्रारम्भ भएको छ । विगतमा उपरोक्त तिनवटै संस्थाहरुले गैर सरकारी संस्थाको रुपमा लघुवित्त सम्बन्धी कार्य गर्दै आईरहेको र पछि नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतप्राप्त गरी कार्य गर्दै आएको हो ।  हाल यस कम्पनीको १९ जिल्लामा रहेका १३८ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ ।

कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय प्रदेश १, मोरङ्ग जिल्ला, कटहरी गाउँपालिका, वडा नं. २ मा रहेको छ । कम्पनीको कारोबार गर्ने स्थान नेपालभर रहेको छ ।

पूँजी संरचना 

कम्पनीको अधिकृत पूँजी एक अर्ब रहेको छ भने जारी पुंजी साठ्ठी करोड चौरासी लाख रहेको छ । कम्पनीको हाल चुक्ता पूँजी एकचालीस करोड छ लाख सतरी हजार रहेको छ । सर्वसाधारणलाई आईपिओ निष्काशन गरे पश्चात् कम्पनीको चुक्ता पूँजी  साठ्ठी करोड चौरासी लाख हुनेछ । आईपिओ निष्काशन पश्चात कम्पनीमा  संस्थापक र सर्वसाधारणको शेयर अनुपात ६७.५० र ३२.५० रहने छ ।

  संस्थापकसञ्चालक सम्बन्धी जानकारी

कम्पनीको आधारभूत शेयरधनीहरुमा योगेन्द्र मण्डल, संजय कुमार मण्डल, श्यामचन्द्र खतिवडा, अजय कुमार मण्डल, भरत लाल बहरदार, , शान्ती कुमारी मण्डल, रोहित भण्डारी, जीवन विकास समाज, प्रभु क्यापिटल लिमिटेड, एस.आर.हाईड्रो एण्ड ईन्भेष्टमेन्ट प्रा.लि, ई. ईन्द्र नारायण देव, सामुदायिक महिला विकास केन्द, सल्भ नेपाल, र एन.आई.सी.एसिया बैंक रहेका छन् ।

कम्पनीको संचालकहरुमा बिक्रम राज सुवेदी, श्याम चन्द्र खतिवडा, प्रकाश कुमार श्रेष्ठ, ईन्द्र नारायण देव, र सोनिला शाक्य रहेका छन्

दैनिक कार्य सञ्चालनमा कार्यकारी प्रमुखको हैसियतले प्रत्यक्ष रुपमा संलग्न प्रबन्ध संचालकले मासिक ७० हजार पारिश्रमिक पाउने र स्वदेश तथा विदेशको भ्रमण खर्च टिकट बमोजिमको वास्तविक खर्च भएको रकमको आधारमा भुक्तानी दिईने ब्यबस्था कम्पनीले गरेको छ । सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्ष र अन्य संचालकले पाउने प्रति बैठक  दुई हजार भत्ता पाउने ब्यबस्था छ ।

संस्थाको कामको सिलसिलामा सञ्चालकलाई दैनिक तथा भ्रमण भत्ता प्रदान गरिने र यस्तो

स्वदेशमा दैनिक एक हजार, भारतमा दैनिक एक हजार, भारत बाहेकका अन्य विदेशी मुलुकमा दैनिक ९०   अ अमेरिकि भ्रमण भत्ता विल बमोजिम हुने उल्लेख छ ।

उच्च ब्यबस्थापन विवरण 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डल रहेका छन् भने नायव प्रमुख कार्यकारी अधिकृतमा दामोदर रेग्मी रहेका छन् रेग्मी कम्पनीका कम्पनी सचिव पनि हुन् ।

त्यस्तै विजय कुमार मण्डल कम्पनीको बरिष्ट प्रबन्धक रहेका छन् कम्पनीमा कुल ८१८ जना कर्मचारी रहेका छन् जस मध्ये ७६५ जना स्थायी. १९ जना परीक्षणकाल÷प्रशिक्षाथी तथा ३४ जना करार ज्यालादारी कर्मचारी रहेका छन्

कम्पनीका सीइओ मण्डलले आर्थिक वर्ष ७६/७७ मा ४२ लाख ८५ हजार पारिश्रमिक लिएका छन् भने सहायक सीइओ रेग्मीले सोहि अवधिमा १८ लाख १२ हजार पारिश्रमिक लिएका छन् त्यस्तै बरिष्ठ प्रबन्धक विजय कुमार मण्डलले सोहि अवधिमा १५ लाख ५९ हजार पारिश्रमिक लिएका छन्

बीमा विवरण

कम्पनीले वित्तीय संस्थाको कर्जा उपभोग गरेको सदस्य वा श्रीमानको मृत्यू भई हुनसक्ने जोखिमको बीमा अमेरिकन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड (मेटलाईफ)मा गरेको छ भने संस्थाको कर्जा उपभोग गरेको सदस्य वा श्रीमानको मृत्यू भई हुन सक्ने जोखिमको बीमा रिलायबल नेपाल लाईफ ईन्स्योरेन्समा गरेको छ यो बीमाको रकम क्रमश १३ अर्ब ७२ करोडको र ६ अर्ब ५६ करोडको रहेको छ  त्यस्तै सवारी साधन तथा त्यसबाट हुन सक्ने जोखिमको बीमा लुम्बिनी जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्समा गरिएको छ । दैवी प्रकोपबाट हुन सक्ने जोखिमको बीमा हिमालयन जनरल इन्स्योरेन्स लि र नगद लुटपाट, चोरी तथा आगलानीबाट हुन सक्ने जोखिमको बीमा अजोड इन्स्योरेन्समा गरिएको छ

आईपिओबाट उठेको रकमको उपयोग

यस आईपिओ निष्काशनबाट १९ करोड ७७ लाख ३० हजार रकम उठ्ने र त्यस मध्ये ११ लाख भौतिक पुर्वाधार तथा शाखा विस्तारमा, १९ करोड ४० लाख ३० हजार कृषि, पशुपालन, खुद्रा व्यापार तथा सेवा व्यवसाय कर्जामा, र २६ लाख रकम वाणिज्य बैंक लगायत अन्य वित्तीय संस्थाहरुमा राखिने कम्पनीएल उल्लेख गरेको छ ।

 निष्काशन तथा बिक्रि प्रबन्धक

साधारण शेयरको निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी कार्य गर्नका लागि एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंलाई नियुक्त गरिएको र उक्त सेवा प्रदान गरे बापत एनएमबि क्यापिटल लिमिटेडलाई एकमुष्ठ एक लाख सेवा शुल्कको रुपमा दिइने कम्पनीले उल्लेख गरेको छ ।

कुनै कारणवश आईपीओ पूर्ण रुपमा बिक्री नभएमा कुमारी क्यापिटल लिमिटेड, काठमाण्डौंले निष्काशन रकमको शत्प्रतिशत खरीद गर्ने प्रत्याभूति सम्झौता गरेको छ । प्रत्याभुति सेवा प्रदान गरे बापत ९९ हजार कमिशनको रुपमा दिइने कम्पनीले जनाएको छ ।

वित्तीय विवरण (खुद नाफा)

कम्पनीको आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा कम्पनीको खुद नाफा क्रमश ४० हजार (ऋणात्मक), २१ करोड ४१ लाख र ३५ करोड ४२ लाख रहेको थियो । चालु आर्थिक वर्ष ७७/७८ को चैत्र मसान्तसम्ममा कम्पनीको खुद नाफा ५६ करोड ३९ लाख रहेको छ । कम्पनीले आ.व. ७७/७८, ७८/७९ र ७९/८० मा खुद नाफा ५३ करोड २ लाख, ७३ करोड ८४ लाख, ९३ करोड ४० लाख खुद नाफा हुने प्रक्षेपण गरेको छ ।

कम्पनीको आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को वास्तविक प्रति शेयर नेटवर्थ क्रमश ९९.८६ रुपैयाँ, ३५८.७२ रुपैयाँ र ३०५ रुपैयाँ २७ पैसा रहेको थियो । कम्पनीले आर्थिक वर्ष ७७/७८, ७८/७९, र ७९/८० मा प्रति शेयर नेटवर्थ क्रमश २९९.५५ रुपैयाँ, ४१८.४६, रुपैयाँ र ५६९ रुपैयाँ ५१ पैसा रहने प्रक्षेपण गरेको छ ।

कम्पनीको आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को वास्तविक प्रति शेयर आम्दानी क्रमश ९९.८६ रुपैयाँ (ऋणात्मक), १५२.९४ रुपैयाँ र १०४.९७ रुपैयाँ रहेको थियो । कम्पनीले आर्थिक वर्ष ७७/७८, ७८/७९, र ७९/८० मा प्रति शेयर नेटवर्थ क्रमश ८७.१६ रुपैयाँ, १२१.३७ रुपैयाँ र १५३.५२ रुपैयाँ रहने प्रक्षेपण गरेको छ ।

कम्पनीले उल्लेख गरेका वास्तविक तथा पक्षेपित प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थको विवरण हालै आईपिओ निष्काशन गरेर शेयर मूल्य ५ हजार भन्दा बढी पुगेर अत्याधिक चर्चा कमाएको महिला लघुवित्तको भन्दा बढी हो।

संस्थाको प्रक्षेपित वित्तीय विवरणहरुको पुनरावलोकन गरी ए.बन्सल एण्ड एसोसिएट्सका चार्टर्ड एकाउटेण्ट अश्वानी बन्सलले प्रमाणित गरेका छन् ।


रेटिङ विवरण 

निष्काशन गर्न लागिएको साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली२०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा रेटिङ्ग नेपालबाट क्रेडिट रेटिङ्ग गराई मिति २०७७ फागुन १७ गते [ICRANP -IR] BBB) प्रमाणपत्र प्राप्त गरेको छ । यसलाई ट्रिपल बि माइनसको रेटिंग भनिन्छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम भन्ने जनाउंदछ । सो ग्रेडिङ्ग को बैद्यता अवधि एक वर्ष रहने छ ।  रेटिङ्ग संकेतपछाडी रहनें ( +जोड) वा – (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । 


नोट: यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved