जनरल इन्स्योरेन्सको स्थगित भएको साधारणसभाको नयाँ मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2021 | 09:01:48 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी नेपाल General Insurance Company Nepal  ले यस अघि स्थगित भएको साधारणसभा गर्न नयाँ मिति  तय गरेको छ । कम्पनीको २०७८ वैशाख २६ गतेको लागि तय भई कोभिडका कारण स्थगित भएको साधारणसभाको लागि नयाँ मिति तय गरेको हो ।

कम्पनीले असार २१ गते हात्तिसार स्थगित आफ्नै केन्द्रिय कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।   

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागी बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, र सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीले कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ ।

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख १० देखि २६ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved