नागरिक लगानी कोषको १ लाख कित्ता शेयर लिलाम गर्दै प्रिमियर इन्स्योरेन्स, १२ करोड आम्दानी हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2021 | 09:08:40 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company  ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष Citizen Investment Trust  को १ लाख कित्ता  संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले कोषको १ लाख कित्ता संस्थापक शेयर बैंक, वित्तीय संस्था र बीमा कम्पनीको लागि लिलाम गर्न लागेको हो । अन्य कम्पनी, व्यक्ति तथा संस्थाले यस लिलाम प्रक्रियामा  सहभागी हुन् पाउने छैनन् ।

लिलामीको शेयरमा आज असार ११ देखि असार १८ गतेसम्म आवेदन दिन सकिने छ। यस लिलाममा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य व्यक्ति वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १२  सय कायम गरेकोले आवेदन दिनेले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै शेयर बिक्रि भएमा प्रिमियर इन्स्योरेन्सले यसबाट न्युनतम १२ करोड प्राप्त गर्ने छ । 

सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै शेयरको लागि आवेदन दिन सकिने छ । 

शेयर लिलाम प्रक्रियाको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved