ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले असार २० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले १ अर्ब ५० करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) १५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।
जस मध्ये ९ लाख कित्ता निजि तबरबाट र ६ लाख कित्ता सर्वसाधारण लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ६ लाख कित्ता मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।
ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार २३ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने छ ।
मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।