एक साथ ४ वटा सार्वजनिक निष्काशन, कुनमा कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2021 | 10:18:05 PM मा प्रकाशित

laxmi  sunrise bank

हाल एक साथ ४ वटा सार्वजनिक निष्काशन भईरहेको छ । हाल २ वटा ऋणपत्र, एउटा म्युचुअल फण्ड र एउटा लघुवित्तको आईपिओको सार्वजनिक भईरहेको हो । हाल शांग्रिला विकास बैंकको ऋणपत्र, एनआईसी एसिया बैंकको ऋणपत्र , एनआईसी एसिया क्यापिटलको सामुहिक लगानी कोष योजना र जीवन विकास लघुवित्तको आईपिओ निष्काशन भईरहेको हो ।

आज शुक्रबार साँझ ५ बजेसम्ममा शांग्रिलाको ऋणपत्रमा २ हजार १ सय ४७ जना आवेदकबाट १ लाख ५६ हजार २ सय ४६ कित्ता, एनआइसी एसियाको ऋणपत्रमा  १२ सय ३ जना आवेदकबाट ८५ हजार ७ सय ६२ कित्ता, एनआईसी एसिया क्यापिटलको म्युचुअल फण्डबाट २८ हजार ६ सय ६० जना आवेदकबाट ३ करोड ८९ लाख ७६ हजार ९ सय ९० इकाई, र जीवन विकास लघुवित्तको आईपिओमा ६ लाख ६ हजार ८ सय ४४ जना आवेदकबाट ९४ लाख ७१ हजार २ सय ४० कित्ताको लागि आवेदन परेको छ । यी सबै निष्काशनमा मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।


शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले ७५ करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  ७ लाख ७५ हजार कित्ता  ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये ४ लाख ५० हजार कित्ता निजि तबरबाट र ३ लाख कित्ता सर्वसाधार लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ३ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार ९ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असर ३० गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले ३ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  ३० लाख कित्ता  ऋणपत्र निष्काशन गरेको हो  । 

जस मध्ये १८ लाख कित्ता निजि तबरबाट र १२ लाख कित्ता सर्वसाधार लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार ९ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असर ३० गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

एनआईसी एशिया क्यापिटल NIC Asia Capital  ले असार १० गतेदेखि एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)को इकाई निष्काशन गरेको हो ।  एनआईसी एसिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यो फण्डको आकार १ अर्बको रहेको रहको छ । 

प्रति इकाई मूल्य रु.१० दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एन आई सी एशिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गरिएको हो । यस निष्काशनमा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा  असार १४ गतेसम्म र त्यस समयसम्ममा पर्याप्त आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । मेरोशेयर मार्फत र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ । 

एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस सेलेक्ट –३० (इन्डेक्स फण्ड) सात वर्ष अवधि रहेको तेश्रो बन्दमुखी योजना हो । उक्त योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने कम्पनीले जनाएको छ ।  

जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्तले आज असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो  । 

जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको छ  ।  बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०० कित्ताको लागि दिन सकिने छ  । आईपिओमा असार १५ गतेसम्म आवेदन दिन सकिने छ । मेरो शेयर र अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ  । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको केन्द्रिय कार्यालय मोरङमा रहेको छ  । 

यो लघुवित्त जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित हो  । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि कम्पनीले वित्तीय सेवा प्रदान गरिरहेको छ । नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ । 

यो पनि : 

जीवन विकास आईपिओ रिभ्यु: आधा अर्बको नाफा लक्ष्य, वित्तीय सूचक महिला लघुवित्तभन्दा राम्रो


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved