बोर्डको विज्ञप्तिपछिको ७ दिन: बजारमा तिब्र गिरावट, लगानीकर्ताको २ खर्ब २३ अर्ब गुम्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2021 | 12:53:49 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७८ साल जेठ ३१ गते शेयरबजार परिसूचक नेप्से  ३०२५.८३ बिन्दुमा पुग्यो । सूचकले ३ हजारको बिन्दु पार गरेको यो नै पहिलो पटक थियो। अर्थात नेप्सेले सूचकमा अल टाइम हाइको रेकर्ड बनाएको थियो। 

असार १ गते सूचक केहि घटेर ३०२२.११ मा पुग्यो  । सोहि दिन बजार बन्द भएको केहि समय मै नेपाल धितोपत्र बोर्डको एउटा अप्रत्यासित विज्ञप्ति आयो । विज्ञप्तिमा विभिन्न ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको उलेख थियो।  बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको र ति संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिब लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको बोर्डले उल्लेख गरेको थियो ।

विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात PE Ratio १०० र सोभन्दा बढी भएका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी बोर्डले प्रारम्भिक अध्ययन गरिएको उल्लेख गरिएको थियो।

बोर्डको विज्ञप्ति आए लगतै बोर्डको आलोचना हुन थाल्यो । कतिपयले यसलाई बजार घटाउने अश्त्र बोर्डले प्रयोग गरेको दाबी गरे । आफु निकटकालाई शेयर बेच्न लगाएर बोर्डले विज्ञप्ति निकालेको आरोप पनि लागेको थियो । त्यसो त बोर्ड कै पदाधिकारीले बुझाई गलत पर्न गएको जिकिर गर्न थाले । 

तर कारण, उदेश्य, मनशाय जे भएपनि बोर्डको विज्ञप्तिको प्रभाव बजारमा पर्यो र बजार निरन्तर घट्यो । सूचक, कारोबार रकम , र बजार पुँजीकरण निरन्तर घट्न थाल्यो । बोर्डले विज्ञप्ति निकालेपछिको ७ दिनको कारोबार मध्ये १ दिन बाहेक सबै दिन बजार घट्यो । 

के कति घट्यो




कारोबार रकम 

जेठ ३० गते कारोबार रकम १९ अर्ब ५५ करोड, जेठ ३१ गते १८ अर्ब ८८ करोड र असार १ गते १६ अर्ब ५२ करोड रहेको थियो । असार १ गते बेलुका बोर्डको विज्ञप्ति आयो र त्यसपछि कारोबार रकम निरन्तर घट्यो । असार २ गते कारोबार रकम १५ अर्ब ४८ करोड, असार ३ गते १० अर्ब ९० करोड, असार ६ गते ११ अर्ब ८१ करोड, असार ७ गते ११ अर्ब ६१ करोड, असार ८ गते १० अर्ब २८ करोड , असार ९ गते ८ अर्ब ३६ करोड र असार १० गते ७ अर्ब ३ करोड रह्यो । अर्थात बोर्डको विज्ञप्तिपछि कारोबार रकम आधाभन्दा धेरैले घट्यो । 

नेप्से सूचक 

बोर्डको विज्ञप्तिपछि सूचक पनि निरन्तर घट्यो । जेठ ३० गते नेप्से सूचक २९८३.११, जेठ ३१ मा ३०२५.८३ र असार १ मा ३०२२.११ रहेको थियो असार १ गते बोर्डको विज्ञप्ति आयो र असार २ गते सूचक घटेर २९६९.७२ पुग्यो । त्यसपछि असार ३ मा सूचक २९६८.४३, असार ६ मा २९०५.४६, असार ७ मा २८३४.४१, असार ८ मा २९१३.८४ , असार ९ गते २८५९.९६ र असार १० गते सूचक २८४३.०० मा बन्द भयो । बोर्डक विज्ञप्तिपछि सूचक १७९ अंकले घट्यो ।

बजार पुँजीकरण

बोर्डको विज्ञप्तिपछि बजार पुँजीकरण पनि घट्न पुग्यो । जेठ ३० गतेबजार पुँजीकरण ४१ खर्ब ५६ अर्ब, जेठ ३१ गते ४२ खर्ब १६ अर्ब र असार १ गते ४१ खर्ब ७२ अर्ब थियो । असार १ गते बेलुका बोर्डको विज्ञप्ति आएपछि असार २ गते पुँजीकरण ४१ खर्ब ४१, असार ३ गते ४१ खर्ब ३९ अर्ब, असार ६ गते ४० खर्ब ३६ अर्ब, असार ७ गते ३९ खर्ब ३७ अर्ब, असार ८ गते ४० खर्ब ४८ अर्ब , असार ९ गते ३९ खर्ब ७३ अर्ब र असार १० गते ३९ खर्ब ४९ अर्ब कायम रह्यो ।  बोर्डको विज्ञप्तिपछि ७ दिनको अवधिमा बजार पुँजीकरण २ खर्ब २३  अर्ब घट्यो । अर्थात् लगानीकर्ताले ७ दिन मै २ खर्ब २३ अर्ब गुमाए ।

अर्को सुची जारी गर्ने तयारी

५१ वटा कम्पनीको मात्र  सुची सार्वजनिक गर्दा बजारमा गलत संदेश गएको भन्दै बोर्डले सुचिकृत कम्पनीको यस अघि सार्वजनिक गरिएको ढाँचामा सूची सार्वजनिक गर्ने तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved