फर्स्ट माइक्रोफाइनान्सको एक लाख कित्ता शेयर आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 09:32:08 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्स First Microfinance Laghubitta Bittiya Sanstha  को एक लाख कित्ता संस्थापक शेयर लिलाममा आएको छ। कम्पनीले संस्थापक समूहको ति शेयर बिक्रि गर्नको लागि  गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको छ  । 

यस लिलामीको शेयरमा विद्यमान संस्थापकहरु, बैंक , वित्तीय संस्था तथा अन्य जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आज असार १३ गतेदेखि साउन १७ गतेसम्म  आवेदन दिन सक्नेछन् । बैंकले उक्त शेयरको न्यूनतम मूल्य ३४५ कायम गरकोले आवेदन दिदा सो वा सो भन्दा बढी रकम कबुल गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ र न्यूनतम १००० कित्ता तोकिएकोले सो वा सो भन्दा बढी कित्ताको निमित्त आवेदन दिनुपर्नेछ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

शेयर लिलामीको लागि बिक्री प्रबन्धक बि.ओ.के क्यापिटल मार्केट रहेको छ । उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् । साथै, आवेदन दिनको लागि नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रपर टेस्ट (अनुसूची ३) को विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि आदि अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved