भारतीय कम्पनीले तयार पार्दैछ पुँजीगत लाभकर गणनाको नयाँ प्रणाली, अर्को साता परिक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 10:11:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङको भेन्डर कम्पनी डिसीएस, इण्डियाले आगामी साउन १ गतेदेखि प्रयोगमा आउने पुंजीगत लाभकर गणना विधिको प्रणाली तयार गरिरहेको छ । सिडीएसले जेठको अन्तिम साता उक्त कम्पनीलाई आवश्यकता तोकेर हालको सिस्टममा परिमार्जन गर्नको लागि पत्राचार गरेको हो । 

सिडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यका अनुसार भारतीय कम्पनीले असार २० मा सिडीएसलाई नयाँ बनेको प्रणाली हस्तान्तरण गर्ने छ । त्यसपछि केहि दिन परिक्षण गर्ने , परिक्षणको क्रममा केहि समस्या देखिए फेरी भारतीय कम्पनीले त्यसलाई समाधान गर्ने गरि कार्य अगाडी बढेको सीइओ आचार्यले जानकारी दिए । उनका अनुसार सबै मोडल २२-२३ गते भित्र आईसक्ने र त्यसपछि सिस्टमको परिक्षण गरिने छ । 

डिसीएस इण्डिया (डाटा कन्सल्टिङ सर्भिस, इण्डिया) सन् २०२५ सम्मको लागि सिडीएसको भेन्डर कम्पनी हो । सिडीएसको प्रणालीहरु यहि कम्पनीले नै तयार पार्दै आएको छ । 

सरकारले आर्थिक वर्ष ७८/७९ को बजेट बक्तब्य मार्फत शेयरबजारमा लगानीकर्ता र कारोबारी छुट्याउन फरक फरक लाभकरको दर प्रयोग हुने ब्यबस्था गरेको हो  । सरकारले आर्थिक अध्यादेश २०७८ मा यस्तो ब्यबस्था गरेको हो । जस अनुसार आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा भएको छ भने लाभकर तिर्नु पर्दैन । यो आगामी साउन १ गतेदेखि लागु हुनु पर्छ । 

अध्यादेशमा ३६५ औ दिनमा के हुने भन्ने प्रष्ट नभएकोले ३६५ औ दिनलाई पनि सर्ट टर्म मानेर कारोबारी सरह कर लगाउन आन्तरिक राजश्व विभागले सिडीएसलाई भनेको छ  । त्यस्तै हाल कायम रहेको भारित औसत लाभकर गणना विधिलाई यथावत राख्न र सामुहिक लगानी कोषलाई कर नलगाउने गरि प्रणाली तयार पार्न विभागले भनेको छ । 

भेन्डर कम्पनीलाई मोडालिटी बनाएर पठाईएको र अब उसले त्यसलाई कसरि बनाउछ भन्ने यकिन नभएकोले उसले बनाएर नपठाउँदासम्म ठ्याक्कै प्रणली यस्तो हुन्छ भन्न अहिले नसकिने सीइओ आचार्यले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved