
नबिल इन्भेष्टमेन्ट बैंकिंङमा निशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । विद्यमान कोभिड १९ को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नको लागि कम्पनीमा धाउनु पर्ने बाध्याताबाट मुक्त हुन कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा ल्याएको जनाएको छ ।
यो अफर चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि मात्र रहने र प्राथमिक शेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायिक हुने कम्पनीले जनाएको छ ।
कम्पनीले अनलाईनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको छ। नबिल इन्भेष्टमेण्टको वेबसाईटमागई मा अनलाइन डिम्याटमा क्लिक गरि आवश्यक विवरण भरेर खाता खोल्न सकिने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ। निःशुल्क डिम्याट सेवा र मेरोशेयर सेवा केवल अनलाईनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।
कम्पनीले लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित बुक बिल्डिंग प्रबिधिबाट निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा पनि प्रदान गरिरहेको छ ।