३ दिन मै बिक्यो एनआईसी एशिया क्यापिटलको सेलेक्ट ३० म्युचुअल फण्ड योजनाको इकाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 03:03:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल NIC Asia Capital  ले निष्काशन गरेको सामुहिक लगानी कोषको इकाई ३ दिनको अवधिमा नै पुरै बिक्रि भएको छ । कम्पनीले निष्काशन गरेको सेलेक्ट ३० इन्डेक्स फण्डको इकाई आज तेस्रो दिन दिनको दिउँसो एक बजे सम्ममा नै शतप्रतिशत इकाई बिक्री भएको बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

क्यापिटल योजना व्यवस्थापक रहि संचालन गरेको रु.१ अर्व आकारको तेश्रो बन्द मुखी योजनको आईपिओ गत १० गते बिहीबार देखि निष्काशन भएको थियो। उक्त निष्काशनमा आज दिउसो एक बजे सम्म ५४,००० भन्दा बढी आवेदनबाट सत् प्रतिशत इकाई बिक्री भएको व्यहोरा क्यापिटलले जनाकारी दिएको हो ।

उक्त एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको आईपिओमा भोलि सोमबार साझ ५ बजे सम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । साथै अत्यादिक माग भएको अवस्थामा उक्त एन आई सी एशिया सेलेक्ट फण्डको आकार बढाएर १ अर्व २५ करोड पु¥याउन सकिने समेत क्यापिटलले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved