नेप्से सूचक २७ अंकले बढ्यो,सेन्चुरी बैंक र तामाकोशीको सेयर मूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 03:27:20 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २७.३८ अंकले बढेर २८७०.३८ को बिन्दुमा पुगेको हो । 

आज ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।   

आज अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी र सेन्चुरी कमर्सीयल बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हाइड्रोपावर, बैंकिङ लगायत ८ समूहको समूहगत सूचक बढेको छ भने फाइनान्स, विकास बैंक लगायत ५ समूहको समूहगत सूचक घटेको छ । हाइड्रोपावर समूहको सर्वाधिक बढी २.६७ प्रतिशत बढेको छ भने बैंकिङ  समुहको २.०१ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूहको सर्वाधिक बढी १.७६ प्रतिशतले घटेको छ । 

आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक बढि ४० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सेन्चुरी कमर्सीयल बैंकको ३७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved