कहिलेबाट लागु हुन्छ शेयर कारोबारमा १० पैसाको 'टिक साइज' र प्रि ओपनमा २ प्रतिशतको सीमा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 04:22:29 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर कारोबारमा १० पैसाको 'टिक साइज' र  प्रि ओपनमा २ प्रतिशतको घटबढ सीमा कार्यन्वयनमा आउँन अझै केहि समय लाग्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेप्सेको संचालक समितिको बैठकले निर्णय गरेपछि मात्र यो ब्यबस्था कार्यन्वयनमा आउने जनाएको हो । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले यो लागु गर्नको लागि प्राविधिक शाखाबाट तयारी हुनु पर्ने बताए । प्राविधिक शाखालाई यसको कार्यान्वयनको लागि के के आवश्यक पर्छ र कति समय लाग्न सक्छ भन्नेबारे पत्राचार गरिसकिएको र उक्त शाखाले जवाफ दिएपछि थप प्रक्रिया अगाडी बढ्ने उनले बताए । प्राविधिक शाखाले तयारी सकेपछि नेप्सेको संचालक समितिको बैठकले यो लागु गर्ने निर्णय गरि लागु हुने मिति तोक्ने सीइओ साउदले बताए । जति सक्दो छिटो यो ब्यबस्थालाई कार्यान्वयन गर्ने गरि काम भईरहेको उनको भनाई छ । 

नेपाल धितोपत्र बोर्डले शेयरको न्युनतम मुल्य परिवर्तन सीमा  (टिक साइज) १० पैसा कायम हुने र  प्रि ओपन सेसनमा शेयरको मूल्य २ प्रतिशत मात्र घट बढ हुन पाउने गरी धितोपत्र कारोबार संचालन विनियमावली संशोधन गरेको हो ।  यस अघि प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुदै आएकोमा अब भने २ प्रतिशत मात्र घटबढ हुने ब्यबस्था गर्न लागिएको हो ।  यस्तो ब्यबस्थाले प्रि ओपन सेसनमा हुने अस्वभाविक उतारचढाव ब्यबस्थित हुने बोर्डले उल्लेख गरेको छ । हाल १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसनको कारोबार हुने गरेको छ । 

त्यस्तै न्युनतम मुल्य परिवर्तन सीमालाई पनि १ रुपैयाँबाट घटाएर १० पैसा कायम गर्दा लगानीकर्ताले प्रतिस्पर्धी मूल्यमा शेयर खरिद बिक्रि गर्न सक्ने बोर्डले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved