सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन सिडीएसको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 07:51:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङ लिमिटेड (सिडीएससी)ले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । सिडीएससीले सिडीएसमा शेयर डिम्याट गराएका कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन भनेको छ 

सिडीएससीले शेयर, डिबेन्चर, म्युचुअल फण्ड, अग्राधिकार शेयर अभौतिकिरण गराएका कम्पानीहरुलाई धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियममावली, २०६८को विनियम ३ को अनुसूची २ ४ विनियम ६ को अनुसूची २१ बमोजिम आर्थिक वर्ष ७७/७८ मा बुझाउने पर्ने वार्षिक शुल्क, सफ्टवेयर मर्मत शुल्क बुझाउन भनेको हो   

त्यस्तै सिडीएसले सीआस्वा निर्देशिका २०७४  को अनुसूची ३ बमोजिम वार्षिक सफ्टवेयर शुल्क यथाशीघ्र बुझाउन कम्पनीहरुलाई भनेको हो । सिडीएसले उक्त रकम ग्लोबल आईएमई बैंकमा  रहेको खातामा बुझाउन आग्रह गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved