राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 08:57:33 AM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनी Radhi Bidyut Company  को लाभांश सुरक्षित गर्ने आज असार १४ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

 कम्पनीले असार २९ गते भर्चुअल माध्यमबाट हुने गरि साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश र हकप्रद सहितका विभिन्न प्रस्ताव पेश हुने छ । कम्पनीले ३६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ त्यस्तै कम्पनीले बोनस वितरणपछि  १४७.५२ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्ड स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।  

हाल कम्पनीको चुक्ता पुंजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रहेको छ । कम्पनीले बोनस वितरण पश्चात चुक्ता पुंजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्ने छ 

साधारणसभामा आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव पेश हुने छन् । त्यस्तै  प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved