
साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से सूचक सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ५.११ अंकले बढेर २८७५.४९ को बिन्दुमा पुगेको हो ।
आज ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७ सय १६ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१९ कम्पनीको १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।
आज माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट लगायत ६ समूहको समूहगत सूचक बढेको छ भने फाइनान्स, हाइड्रोपावर लगायत ७ समूहको समूहगत सूचक घटेको छ । माइक्रोफाइनान्स समूहको सर्वाधिक बढी २.१९ प्रतिशत बढेको छ भने इन्भेष्टमेन्ट समुहको २.१४ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूहको सर्वाधिक बढी २.५९ प्रतिशतले घटेको छ ।
आज अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीकाे सर्वाधिक बढि ६६ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेशनल इन्योरेन्स कम्पनीकोे ५२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक बढी गुमाएका छन् ।