५ कम्पनीको ८ लाख कित्ता बढी शेयर बिक्रि गर्दै एनआईसी एसिया बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 09:52:07 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको ८ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले आरएमडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष र महुली लघुवित्तको गरि कुल ८ लाख ७४ हजार ९ सय ९८ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो

बैंकले आज असार १५ गतेदेखि असार २१ गतेसम्म आरएमडिसी लघुवित्तको ३ लाख ८४ हजार ९ सय ९५ कित्ता संस्थापक शेयर  लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ४४१ कायम गरेको छ । सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । हाल कायम संस्थापक वा जो कोहि व्यक्ति , संघ संस्था कम्पनीले यो शेयरमा आवेदन दिन सक्ने छन् । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ 

बैंकले मेरो माइक्रोफाइनान्सको ५८ हजार ५ सय ६८ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ५३१ कायम गरेको छ । त्यस्तै बैंकले नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार ९ सय ९६ र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता शेयर लिलाम गर्न लागेको हो बैंकले नेशनल लाइफको शेयरको न्युनतम मूल्य ४१० कायम गरेको छ भने नागरिक लगानी कोषको शेयरको न्युनतम मूल्य १२ सय कायम गरेको छ । बैंकले महुली लघुवित्तको ५५ हजार ७० कित्ता शेयर लिलाम गर्न लागेको हो। यी शेयरको न्युनतम मूल्य ७ सय ३० रुपैयाँ कायम गरेको छ । बैंकले यी शेयर आज असार १५ गतेदेखि असार २१ गतेसम्म लिलाम गर्न लागेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved