नेप्सेको अध्यक्षमा मैनाली नियुक्त, पुँजीबजारको उन्नतिको प्रतिबद्ध रहने भनाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 02:48:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा दिर्घराज मैनाली नियुक्त भएका छन्  । अर्थ मन्त्रालयको असार १४ गतेको निर्णय अनुसार मैनाली नेप्सेको अध्यक्ष तथा संचालक पदमा मनोनयन भएका हुन्  । 

मैनाली अर्थ मन्त्रालयका सह सहिच्व हुन्  । उनले आज नै पद बहाली गरेका छन्  । पद बहाली गर्दै अध्यक्ष मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुंजी बजारको उन्नतिको आफु प्रतिबद्ध रहने बताएका छन् । पुंजी बजार मार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से संचालक समितिको अनुभवी सदस्ताहरु तथा ब्यबस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा उनले ब्यक्त गरेका छन् ।  

अध्यक्ष मैनालीलाई नेप्सेका प्रमुख कार्यकरी अधिकृत चन्द्र सिंह साउद, अन्य संचालकहरु तथा नेप्सेका उच्च ब्यबस्थापाकहरुले स्वागत गरेका थिए । 

यस अघि अध्यक्ष रहेका लक्ष्मण न्यौपानेको ४ वर्षे कार्यकाल  गत जेठ महिनाको पहिलो सातादेखि सकिएपछि मन्त्रालयले मैनालीलाई अध्यक्ष बनाएर पठाएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved