४७ अंकले घट्यो नेप्से सूचक, राधीकाे कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 03:23:56 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से सूचक उच्च अंकले घटेको छ । आज नेप्से सूचक ४७.४९ अंकले घटेर २८२८.०० को बिन्दुमा पुगेको हो । 

आज ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।   

आज माइक्रोफाइनान्स बाहेक सबैको समूहको समूहगत सूचक घटेको छ । माइक्रोफाइनान्स समूहको भने ०.५१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको सर्वाधिक बढी ४.११ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूहको ३.९५ प्रतिशतले घटेको छ । 

आज राधी विद्युत कम्पनीको सर्वाधिक बढि ४९ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीकोे ३६ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४६ कम्पनीको सेयर मूल्य घटेको छ । आज प्रोग्रोसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक बढी गुमाएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved