कृषि विकास बैंक Agriculture Development Bank Limited को ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल चयन भएको छ । बैंकले ७ वर्षे अवधिको ६ अर्ब बराबरको कृषि ऋणपत्रको लागि रजिष्ट्रार चयन गरेको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।