प्रिमियर इन्स्योरेन्सको ४ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2021 | 10:10:23 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रिमियर इन्स्योरेन्स Premier Insurance Company  ले आज असार १६ गतेदेखि ५ लकः कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले संस्थापक समुहको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । 

शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । उक्त शेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने छ । हाल कायाम संस्थापक तथा जो कोहि व्यक्ति, संघ , संस्था , कम्पनीले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ६ सय कायम गरेकोले सो भन्दा बढी कबुल गरेर आवेदन दिनु पर्ने छ । आवेदन दिंदा न्युनतम ५ सय कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

 सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

 उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् । साथै, आवेदन दिनको लागि नियामक निकायबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रपर टेस्टको विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि आदि अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved