माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई आज असर १६ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।
यस संगै बैंकले प्रति कित्ता १ हजार दरका अब ३ अर्बले हुन आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । जस मध्ये १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८.५० प्रतिशत ब्याज भुक्तान गर्ने ह ।
ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।