नेप्से सूचकमा सामान्य करेक्सन: ५ कम्पनीमा सर्किट, कारोबार रकम ५ अर्ब ८३ करोडमा खुम्चियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2021 | 03:20:03 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो कारोबार दिन आज बुधबार नेप्से सूचक सामान्य अंकले घटेको छ । आज नेप्से सूचक ४.१३ अंकले घटेर २८२३.८७ को बिन्दुमा पुगेको हो । 

आज ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४ सय ३५ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १ सय कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।  

आज पोखरा फाईनान्स लिमीटेड, नेपाल फाइनान्स लिमीटेड लगायत ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।   

त्यस्तै, फाइनान्स र विकास बैंक लगायत ६ समूहको समूहगत सूचक बढेको छ भने इन्भेष्टमेन्ट र होटेल र पर्यटन लगायत ७ समूहको समूहगत सूचक घटेको छ । फाइनान्स समूहको सूचक सर्वाधिक बढी ५.८१ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको ३.३७ प्रतिशतले बढेको छ । त्यस्तै, इन्भेष्टमेन्ट समूहको सूचक सर्वाधिक बढी २.२१ प्रतिशतले घटेको छ ।  

आज नेपाल इन्योरेन्स कम्पनीको सर्वाधिक बढि ३० करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एनएलजी इन्योरेन्स कम्पनीको २१ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved