
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ११ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४०० कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५५४ थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असार १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज बुक क्लोज भएको हो । असार १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
कम्पनीले असार ३० गते बुधबार साधारणसभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद नगरी कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछिउक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै सभामा आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन् ।
त्यस्तै आर्थिक सहायताको लागि गरिएको खर्चको अनुमोदन गर्ने, नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् ।