देवयानी इन्टरनेशनलका कर्मचारीले एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2021 | 10:34:39 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपाल प्रा.लिबीच सम्झौता भएको छ  । दुई संस्थाबीच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत संचालित “Corporate Payroll SIP” अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको हो ।

सम्झौतामा देवयनी इन्टरनेसनल का तर्फबाट कम्पनीका नायव महाप्रबन्धक रितु राज शाह र एनआईबीएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । यस योजना अन्तर्गत, देवयानी इन्टरनेशनल नेपालका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको (SIP) अनर्तगत लगानी गर्ने छन । 

देवयानी इन्टरनेशनलले नेपालमा के.फ.सी., पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved