मूल्य घटाएर स्वाबलम्बन लघुवित्तको शेयर बिक्रि गर्दै नबिल बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2021 | 09:26:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको लघुवित्तको १ लाख ८९ हजार ६ सय ५३ कित्ता शेयर लिलाम गर्न लागेको हो 

बैंकले यस अघि पनि १ लाख ९० हजार ६ सय ५३ कित्ता संस्थापक शेयर लिलाम गर्न सूचना निकालेकोमा न्यून शेयर मात्र बिक्रि भएपछि मूल्य घटाएर बिक्रि हुन बाँकि शेयर लिलाममा ल्याएको हो । बैंकले यस अघि यी शेयरको न्युनतम मूल्य ७५० कायम गरेकोमा यस पटक मुल्य घटाएर ७ सय मात्र कायम गरेको छ । 

  यी शेयरमा आज असार १८ गतेदेखि असार २९ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलामको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

आवेदन दिंदा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । न्युनतम मूल्य ७ सय कायम गरेकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ  सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

 हाल कायम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् । शेयर खरिदको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved