बाढीले मर्स्याङ्दीको प्रसारण लाइनको टावर बागायो, १२० मेगावाट विद्युत प्रणाली बाहिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2021 | 12:02:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बाढी पहिरोले लमजुङको मध्य मर्स्याङ्दी देखि तनहुको मर्स्याङ्दी विद्युतगृह जोड्ने प्रसारण लाइनको ९ नम्बर टावर बगाएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार असार १९ गते बिहान ६ बजेतिर लमजुङको मध्य मर्स्याङ्दी देखि तनहुको मर्स्याङ्दी विद्युतगृह जोड्ने १३२ केभी डबल सर्किट प्रसारण लाइनको ९ नम्बर टावर बगाएको हो ।

पाउदी तथा फुलबारी भन्ने ठाउको बिचतिर खोला नदीमा आएको बाढी पहिरोले टावर बगाएको प्राधिकरणले जनाएको छ । टावर बगाएसंगै माथिल्लो र मध्य मर्स्याङ्डी विद्युतगृहबाट उत्पादन हुने क्रमश ५० र ७० गरि कुल १२० मेगावाट विद्युत प्रासारण ग्रीडबाट बिच्छेद हुन पुगेको छ।

उक्त टावरको अवस्था बुझ्न र आपत्कालीन मर्मतको लागि टोली साइटतिर गएको तर सो साइटसम्म पुग्न निरन्तरको बर्षा, बाटोमा पहिरो, टेलिफोन विच्छेद आदि कारणले मुस्किल भएको प्राधिकरणले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved