२ कम्पनीको ऋणपत्रमा अवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 08:45:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असार २० गते २ वटा कम्पनीको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन रहेको छ । आज एनआईसी एसिया बैंक र शांग्रिला डेभलपमेन्ट बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन हो । 

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले ३ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  ३० लाख कित्ता  ऋणपत्र निष्काशन गरेको हो  । 

जस मध्ये १८ लाख कित्ता निजि तबरबाट र १२ लाख कित्ता सर्वसाधार लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले ७५ करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  ७ लाख ७५ हजार कित्ता  ऋणपत्र निष्काशन गरेको हो  । 

जस मध्ये ४ लाख ५० हजार कित्ता निजि तबरबाट र ३ लाख कित्ता सर्वसाधार लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ३ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved