राष्ट्रिय प्रशारण लाइनमा जोडियो तामाकोशीको बिजुली, प्रधानमन्त्रीले सोमबार उद्घाटन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 04:52:37 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । पहिलो युनिटबाट उत्पादन भएको आज राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बिजपाटीलाई जानकारी दिए ।

बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएसंगै आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भोलि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बाट नै भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम बेलुका ४ बजेलाई तय भएको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । 

७६÷७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट पहिलो युनिटको उत्पादन प्रसारण लाइनमा जोडिएको हो । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश ः विद्युत उत्पादन हुनेछ । प्रसारण लाइनमा जोडिएपछि १५ दिन परिक्षण मात्र हुने छ । आयोजनाले यस अवाह्दीको विद्युत प्राधिकरणलाई दिएको पैसा पाउदैन । त्यसपछि भने आयोजनाले विद्युत बिक्रि गरे वापतको पैसा पाउने छ । 

यस अघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष  हितेन्द्रदेव शाक्यप्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने तालिका तालिका तय गरेको थियो ।

 आयोजनाबाट उत्पादित विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको हो  । खिम्ती–ढल्केबर प्रसारण लाइन ७६ किलोमिटर रहेको छ  । 

आयोजनाको साइट कार्यालयआयोजनास्थलसम्मको पुहँच सडकपुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२÷६३मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७÷६८मा सुरु भएको थियो । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोधमधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा  आएको समस्याडिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो । भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएकोबाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेकोकेही संरचनाको डिजाइन हेरफेरमहामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।  
लट २ को  ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो । 

आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved